Rashtriya Dainik

युवा नेता श्यामकिसोर पटेल आफ्नो पुरानै घरमा फर्कियो

राजन कुमार बानिया / पर्सा ३ फागुन

नेकपा का युवा नेता श्यामकिसोर पटेल लगायत को टोली ले अाज नेपाली कांग्रेस पार्टी मा फर्केका छन। श्याम किसोर पटेल लाई नेपाली कांग्रेस क्षेत्र नं ४ का क्षेत्रिय सभापती रमेश पाण्डे ले टिका माला लगाई पार्टी प्रबेश गराएका छन। पटेल ले भने म अन्तै भटकेको थिए तर पछी अाफ्नै गाउँ ठाउँ र पार्टी राम्रो रहेको ले पुन्ह अाफ्नै घर मा फर्केर अाएको छु । पार्टी ले जुनठाउमा मुल्यांकन गरि जिमेबारी दिन्छ त्यसै ठाउमा रहेर ईमान्दारिता पुर्वक काम गरिने प्रतिबद्धता समेत गर्नुभएको थियो। युवा नेता पटेल ले भने नेपाली कांग्रेस पार्टी को हक हित मा रहि अाज देखि नै काम काज अगाडि बढाउने बताए ।शामकिसोर पटेल नेपाल कांग्रेस पार्टी जिल्ला कार्यसमिति सदस्य रहि स्थानिय तह को चुनाव मा नेपाली कांग्रेस पार्टी को तर्फबाट धोबिनी गाउँपालिका को उपाध्यक्ष पद बाट चुनाव लडनु भएको थियो ।अापसी मनमोटाव बाट नेपाली कांग्रेस छोडेर अर्को पार्टी नेकपा माअोबादी मा जानुभयो थियो त्यस पछी पार्टी मर्ज भएपछी नेपाल कम्युनिस्ट पार्टी मा बसेर काम काज गर्दै अाईरहेको पटेल अाज एकासी बिरगंज मा गएर पुन्ह नेपाली कांग्रेस पार्टी मा प्रबेश गर्नु भएको छ। क्षेत्रिय सभापती पाण्डे ले भने दिन भरि कुनै ठाउँ मा रहेबनी राती मा अाफ्नो घर परिवार मा अाएमा यो गलती होईन यो समझदारी हो अब अाफ्नो घर परिवार लिएर अगाडि बढन अाग्रह समेत गर्नु भएको हो।टिका माला लगाउदै पुरै टिम लाई बधाई समेत दिनु भएको थियो।पार्टी प्रबेश कार्यक्रम मा नेपाली कांग्रेस पार्टी का महासमिति सदस्य बशिस्टनारायण प्रसाद कुर्मी, बृस्पतीकृष्ण श्रेष्ठ , बिधार्थी नेता श्रीकान्त यादव, नबिन सिंह, बलिस्टर अहमद,दिपेन्द्र सिंह, जोगेन्द्र साह कानु, लगायत को सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित