Rashtriya Dainik

सरावल–३ मा बाल क्लबको अगुवाइमा सरसफाइ अभियान

राष्ट्रिय दैनिक /नवलपरासी ,२४ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ अन्तर्गतका विभिन्न टोलमा बाल क्लबहरूको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

बाल क्लबमा आबद्ध बालबालिकाको सक्रिय सहभागितामा वडा नं. ३ का विभिन्न टोल तथा सार्वजनिक स्थानमा सरसफाइ गरिएको हो। सरसफाइमार्फत आफ्नो गाउँ–टोल सफा, सुन्दर र स्वस्थ राख्नुपर्ने सन्देशसमेत बालबालिकाले दिएका छन्।

कार्यक्रममा वडा नं. ३ अन्तर्गत रहेका बालपुरी बाल क्लब पिपरा, सगरमाथा बाल क्लब श्रीनगर, कालिका बाल क्लब जनकपुर, संगम बाल क्लब पटनी, लालीगुराँस बाल क्लब महुवा र कोटाहिमाई बाल क्लब गोइनी लगायतका बाल क्लबको सहभागिता रहेको थियो।

कार्यक्रम वडा नं. ३ स्तरीय बाल सञ्जालको समन्वयमा सञ्चालन गरिएको हो। बालबालिकालाई सरसफाइ, वातावरण संरक्षण तथा सामाजिक जिम्मेवारीप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

बाल क्लब तथा वडा बाल सञ्जालले आगामी दिनमा पनि सरसफाइसँगै वातावरण संरक्षण र सामाजिक सचेतनामूलक गतिविधिलाई निरन्तरता दिने सरावल गाउँपालिका बाल सहजकर्ता सन्जय माैर्यले बताउनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित