Rashtriya Dainik

हेल्प मधेशी मलेसिया मलाका दलान द्वारा आर्थिक सहयोग प्राप्त

पर्सा २ चैत पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनको ३८ वर्षीय अशोक रामको उपचारको लागि विदेशमा रहेकोे हेल्प मधेशी मलेसिया मलाका दलान द्वाराले रु. ३०००० /- अक्षरेपी तीस हजार रुपैया आर्थिक सहयोग गरेको छ। यो आर्थिक सहयोगले औषधि उपचार , फेरि चेकजाँच तथा घर खर्चमा खर्च हुनेछ। घरमा कमाउने कोहि पनि गरेको छैन। यस सहयोगले धेरै राहत भएको छ।
हेल्प मधेशी नेपालको सेवक इन्जिनियर राजेश यादव सर ज्यु अशोक राम ज्युको घरमै पुगेर आर्थिक सहयोग प्रदान गर्नु भएको छ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवन गाउँको ३८ वर्षीय श्री अशोक राम बिरामी परेर नेसनल मेडिकल कलेज , बिरगंजमा उपचार भएको छ । उहाँको पेट दुखेर समस्य रहेकोे थियोे ।

दिसा नै नहुने समस्या रहेकोे थियोे । मेडिकलको डाक्टरको भनाई अनुसार आन्द्रा मुडिएको थियोे ।उहाँ अप्रेसन गर्नु पर्ने अवस्था रहेकोे थियोे तर औषधि उपचारले सुधार आएको छ। उहाँको स्वास्थ्य अवस्था सुधार भएको छ। नेसनल मेडिकल कलेज , बिरगंजमा उपचार भैइरहेको थियोे । अहिले स्वास्थ्य अवस्था सुधार भएको छ। । आर्थिक अवस्था धेरै कमजोर रहेकोे छ। उहाँको श्रीमती ३ वर्ष पहिला नै बित्नु भएको छ। उहाँको घर २ छोरा एक जना ७ मा पढ् छ र अर्को ४ मा पढ्ने गर्द्छ। २ छोरी मध्ये १ जना १८ वर्ष छिन र जेठी छोरीको बिहे भएको छ। अशोक राम ज्युको घरमा कमाउने कोहि पनि छैनन् । उपचारको लागि पैसा रहेकोे छैन। त्यसमा पनि डाक्टरले अप्रेसन गर्ने कुरा थियो अहिले औषधि बाट नै सुधार आएको छ।

सेबा नै धर्म हो मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रती काम गरिदैआइरहेका र देश तथा बिदेशमा अशाय निसाय, बिपन्न परिवाररहरु , दलित , बिरामी जस्ता र बिदेशमा पनि समस्या ग्रसित अत्यन्तै पीडित नेपाली समुदाय हरुलाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदैआईरहेका संस्था हेल्प मधेसी मलेसिया मलाका दलान द्वारा रहेकोे छ।

समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो संस्था प्रमुख भुमिका समाज कल्याण को हित कार्य गर्दै आएको छ।
समाजमा सद्भाव,मानवता को परिचय का साथ देश बिदेशमा समस्या परेको बेला साथ सहयोग सम्पूर्ण मधेशी लगायत देशवाशी मा समर्पित छन । हेल्प मधेशी मलेसिया मलाका दलान द्वारालाई बिरामी उपचाररत अशोक रामले धन्यवाद व्यक्त गर्नु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित