सुखड- चैत्र,०२
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड न १ सुखड कैलाली मा स्थित रास्ट्रीय उच्च माध्यामिक बिधालय मा बिधालय ब्यबस्थापन समिती को अबधि सकिएको धेरै समय भै सकेको भएतापनी सोही समितिको निर्णयले बिधालयको काम कार्यबाही अगडी बढेको खुल्न आएको छ।
मंसिर महिनाको मसान्तमा म्याद समाप्त भएको बिधालय ब्यबस्थापन समितिले यसरी महत्त्वपूर्ण निर्णय गर्दै जाने कुरा अबैधानिक भएको र घोडाघोडी नगरपालिकाले बिधालय ब्यबस्थापन समिती गठन गर्नु भनेर मंसिर महिनाको २१ गते नै पत्रचार गरेको भएतापनी बिधालयले नसुने को र अटेर गरेको शिक्षा शाखा प्रमुख उमेश रेग्मिले बताए ।बिधालय ब्य.स.स. होम प्रसाद आचार्यले आज प्रधानाध्यापक लाई सम्बोधन गर्दै शिक्षा ऎन अनुसार समिती को म्याद सकिनु १ महिना पहिला नै अभिभावकहरुको भेला बोलाइसक्नु पर्ने ब्यबस्था भए पनि त्यसो नगरिएकोले आफू अबैधानिक समिती को सदस्य नरहेको र मंसिर पछिको निर्णय पनि अबैधानिक भएकाले आफ्नो असहमति रहेको बताए साथै अभिलम्ब अभिभावक भेला बोलाइ नया समिती चयन गर्नको लागि पनि एक जानकारी पत्र जारी गर्दै बताए।
साथै बिधालयको प्रशासनिक तथा भौतिक पुर्बाधार लगाएतका काम कार्यबाही गर्दा अपारदर्शी ढङ्गले हुने गरेको र समितिको सदस्यको हैसियतले समेत केही जानकारी नहुने गरेकोले आम अभिभावकहरु स्थानिय सरोकारवाला हरुले थाहा पाउने गरि पारदर्शी तरिकालले अहिले सम्मको काम कार्यबाही भौतिक प्रगती पढ्न पाठनको अवस्था र आर्थिक आय ब्यय सार्बजनिक हुनुपर्ने आचार्य को माग रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

