Rashtriya Dainik

सुस्तामा घरमै गोदाम बनाएर राखिएको ११ लाख बढीको अवैध कपडा बरामद

संजय कुशवाहा / नवलपरासी असोज ७

पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको कपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुस्ता गाउँपालिका वडा नं.१ रुपौलियास्थित महेन्द्र चौधरीको घरको भान्छा कोठामा गोदाम गरी राखिएको अवैध सामान बरामद गरेको हो ।
प्रहरीले करिब ११ लाख ६८ हजार ७ सय मूल्य बराबरका विभिन्न कपडा बरामद गरेको जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित