आरपि उपाध्याय / नवलपरासी ,२१ असाेज
पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा गजेन्द्र मोक्ष नारायण वैभव विराट महायज्ञको आयोजना भए लगत्तै विनयी त्रिवेणी,सुस्ता,प्रतापपुर,सरावल र बर्दघाट नगरपालिकाहरुमा विभिन्न वडाहरुमा सहयोग समिति चयन हुन थालेको छ।
परम श्रद्धेय मुक्तिनाथ पिठाधिश्वर स्वामी कमल नयनाचार्यको पावन संकल्पमा आउँदो मङ्सिर १ गतेदेखि २९ गतेसम्म विराट महायज्ञ हुन लागेको हो।
विराट महायज्ञ सञ्चालन गर्न बनेको मुल समिती अन्तर्गत रहि महायज्ञ सहयोग समिति पनि गठन हुन थालेको छ।
मुक्तिनाथ वेद विद्याश्रमलाई विशिष्टिम महाविद्यालयमा अभिवृद्धि गर्दै गजेन्द्र मोक्ष विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ विराट महायज्ञको थालनी गरिएको करपात्री स्वामी कृष्ण प्रपन्नाचारीले जानकारी दिनुभयो।
विनयी त्रिवेणी ७ रानीनगरमा आयोजित एक धार्मिक बैठकले स्थानीय राम अवतार कुशवाहाको संयोजकत्वमा २२ सदस्यीय महायज्ञ सहयोग समिति गठन भएको छ। जसको सहसंयोजकमा दीलिप कुमार कलवार,सचिवमा ओम बहादुर सिंह चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरुमा दिपक कुवर, हरि सिंह क्षेत्री,मोतिलाल उपाध्याय, विश्वमर्दन शाह,सागर सिंह थापा, गोबिन्द शर्मा,शंकर कुशवाह,रुपा थापा, राम आशिष सिंह,भावना रायमाझी लगायत चयन हुनुभयो।

समिति चयन सहितको आयोजित धार्मिक बैठकमा सनातन प्रपन्नाचार्य, दिपक कुवर लगायतले महायज्ञको लक्ष्य,उद्देश्य बारे प्रकाश पार्नुभएको थियो।
महायज्ञ सम्पन्न गर्न मुक्तिनाथ पिठाधिस स्वामी कमल नयनाचार्यको अध्यक्षतामा १ हजार १ सदस्य मुल समिती यसपुर्व नै चयन भइसकेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

