Rashtriya Dainik

कांग्रेस सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता

राष्ट्रिय दैनिक /काठमाडौं ,२० असाेज ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

कँडेलले मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थलमा पुगेर खुला समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

पश्चिम नवलपरासीबाट लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय कँडेल पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी यसअघि प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहराज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

१५औँ महाधिवेशनमा खुला समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका कँडेलले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने एजेन्डासहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।

कँडेलको उम्मेदवारीसँगै कांग्रेसको सहमहामन्त्री पदको खुला समूहको प्रतिस्पर्धा थप रोचक बनेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित