कृष्णा यादव / वीरगंज २ चैत।
वीरगञ्ज उद्योग वाणिज्य संघले सुबोध गुप्तको नेतृत्वमा अगामी २ वर्षका लागि सर्बसहमतीवाट नयाँ कार्यसमिति चयन गरेको छ।
संघको ४५ औं वार्षिक साधारणसभाले आइतवार सुबोधकुमार गुप्तालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।अध्यक्ष गुप्ता पहिलो मधेशी समुदायवाट वीरगंज उधोग वाणिज्य संघको अध्यक्षमा निर्बाध सर्वसहमतीवाट चयन हुनुभएको छ।
गुप्ता यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । साधारणसभाले अनिलकुमार अग्रवाललाई संघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । हरि गौतम द्वितीय अध्यक्ष बनेका छन् ।
महासचिवमा मनोजकुमार दास, उद्योगतर्फ सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फको सचिवमा आशिष लाठ चुनिएका छन् । कोषाध्यक्षमा गोविन्द शाह र सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयल निर्वाचित भएको निर्वाचन अधिकृत रामेश्वर सेढाईंले जानकारी दिए ।
साधारणसभाले उद्योग सहसचिवमा सुशान्त चाचान र वाणिज्यतर्फको सहसचिवमा अनोज रुङ्गटालाई निर्वाचित गरेको छ । यसअघि ३५ जना कार्य समिति सदस्य सर्वसम्मत चयन भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

