Rashtriya Dainik

एमालेका सिंह काङ्ग्रेसमा प्रवेश

उत्तम कुमार थापा /२ चैत

नेपाल कम्युनिस्ट पार्टी एमालेका मीन बहादुर सिह काङ्ग्रेसमा प्रवेश भएका छन ।

अाज एक कार्यक्रमका विच नेकपा एमाले अाबद्व जयपृथ्वी नगरपालिका वडा नम्बर १० कुच बस्ने मीन बहादुर सिह काङ्ग्रेसमा प्रवेश गरेका हुन । प्रवेश गर्ने सिह नेकपा एमालेका निकै प्रभावकारी युवामा पर्छन । उनी विगत लामो समय देखि एमालेमा रहेका थिए भने,उहाँ शिक्षक सँघठन लटी नाथ प्राविका प्रअ रहेका छन ।

हाेटेल कालिपछाइमा अायाेजीत एक कार्यक्रममा शिक्षक सँघठन परित्याग गरि नेपाल शिक्षक सँघमा प्रवेश गर्नुभएको हाे । सिहलाई प्रवेश गराउने नेपाल तरुण दलका बझाङ सचिव कलक थापाले मुख्य भुमिका खेल्नुभएकाे बताएको छ । केही दिन अगाडि गगन अाग्रि पनि प्रवेश गरेका हुन भने नेकपा एमालेका जनपा ३ का साङगठनिक सदस्य भक्त बिष्टले पनि प्रवेश गरेकाे जिल्ला सचिव भरत खड्काले बताए । प्रवेश गर्ने सबैलाई नेपाली काङ्ग्रेस पुर्व पार्टी सभापति पृथ्वी बहादुर सिह सभापति हर्कजङ्ग बहादुर सिह ,पुर्व मन्त्री नरेश सिह लगाएतका नेताहरुले खादा सहित सदस्यता दिएर प्रवेश गराएको हुन कार्यक्रम सञ्चालन भने नेता खगेन्द्र जाेशीले गर्नुभएको झलक कठायतले बताए ।

प्रवेश गर्दा नेकपा एमाले भ्रष्टाचारमा लिप्त भएको र पछिल्लो चरणमा गतिविधि राम्रो नगरेकाे र देश र जनतालाई धाेका दिएकाे केपी सरकारले जथाभावी जनतालाई दुख दिएको भन्दै अाफु नेपाली काङ्ग्रेसमा प्रवेश गरेको मीन बहादुर सिँहकाे भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित