Rashtriya Dainik

राष्ट्रिय दलित पत्रकार संघ नेपालको अध्यक्षमा पहाडी सर्वसम्मत निर्बाचित

बुटवल ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा संपन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनले बिनोद पहाडीलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्बाचित गरेको छ । शुक्रबारदेखि चलेको महाधिवेशन आइतबार बिहान सम्पन्न भएको हो ।

संघको सस्थापक अध्यक्ष समेत रहेका पहाडी संविधान सभा सदस्य रहि सकेका छन् । पहाडी नेपाल पत्रकार महाससंघ रुपन्देहीका पुर्व अध्यक्ष समेत हुन ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्षमा मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वर पोर्तेल, भोला पासवान, बुद्धि बिस्वकर्मा दिपक परियार, बिनोद परियार, टेकेन्द्र बिश्वकर्मा र करन ताम्राकार लाई सर्वसम्मत निर्वाचित गरेको छ।

यस्तै महासचिवमा लक्ष्मण दर्नाल निर्बाचित भएका छन । सचिवहरूमा सन्तोष गन्धर्व , रिता बुढाथोकी र बिरु नेपाली निर्बाचित भएका छन । कोषाध्यक्षमा भिम बहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । पदाधिकारी सहित ४१ सदस्यीय केन्द्रिय कमिटी निर्बाचित भएका हो ।


त्यस्तै ३ सदस्यीय अनुसाशन आयोग समेत गठन भएको छ । केन्द्रीय सदस्य खुल्लातर्फ अम्मर सुनार , राधेश्याम बिक , प्रमिण गजमेर , प्रेम सुनार , सरिता बराइली , मानसिङ्ग बिक , पिबि दियाली , सन्जय सौगात , राजेश सुनाम , वसन्त बिक , भिम बहादुर नेपाली गन्धर्व , राजन गाउले , वसन्त बिश्वकर्मा , किशान सङ्गित नेपालि निर्वाचित भएका छन ।

महिला सदस्यमा फुलु सुनार ,पुर्णिामा जनला, राधा नेपाली ,अनित कुमारी , सुनित नेपाली ,शान्ति गज्मेर र मालती बि.क निर्वाचित भएका छन ।

नवनिर्वाचित केन्द्रिय समितिलाई निर्वाचन मण्डलका अध्यक्ष अधिबक्ता,मोहन शङ्कर सुन्दर गहतराज, खिमलाल भुसाल , बरिष्ठ पत्रकार उमिद बागचन ,नेपाल पत्रकार महा संघका केन्द्रिय सचिव रेम बिश्वकर्मा र राज्य टेलिभिजनका प्रबन्ध निर्देशक बिष्णुप्रसाद भुसालले शुभकामना दिएका छन् ।

महाधिवेशनको शुक्रबार पूर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुक्ष्पकमल दाहाल प्रचण्डल उदघाटन गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित