नन्दु यादव / चैत १ नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा न. ७ मा रहेकाे पशुपति शिक्षा मन्दिर भुजहवामा बार्षिक उत्सव तथा अभिभावक सम्मेलन कार्यक्रम सम्पन्न भएकाे बिद्यालय ब्यवस्थापन समितिका सदस्य शैलेन्द्र चाैधरीकाे सभापतित्व तथा वडा न. ७ का वडाअध्यक्ष हेयात खाँ धुनियाकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम झिन्कु सिह,श्रवण कुशवाहा ,ओम प्रकाश हरिजन ,वडा न. ६ का वडा अध्यक्ष कैलास यादव लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि धुनियाले शैक्षिक जगतमा पशुपति शिक्षा मन्दिर ले छुट्टै पहिचान बनाउन सफल रहेकाे बताउनु भयाे ।धार्मिक रुपमा समेत यहाका का बालबालिकाहरु काे व्यवहार छुट्टै पहिचानकाे रुपमा रहेकाे वहाले बताउनु भयाे ।बिद्यालयलाई शाैचालय ,कम्प्युटर ,बिद्यार्थी हरुलाई ब्याग बितरण ,बिद्यालय रङराेगन लगायतकाे काम गरिएकाे र अबकाे केहिदिनमा १०लाख बराबरकाे भवन निर्माणका लागि बजेट बिनियाेजन समेत गरिसकेकाे वहाले बताउनु भयाे ।यश बिद्यालयमा धार्मिक ज्ञान पाउन काे लागि सस्कृत ,रामायण ,महाभारत लगायतकाे पुस्तकहरु समेत अध्यापन भईरहेकाे छ।कार्यक्रम मा पुरस्कार बितरण,सम्मान तथा सास्कृतिक कार्यक्रम समेत गरिएकाे बिद्यालयका प्राधानध्यापक महाबिर महरालेे जानकारी दिनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

