Rashtriya Dainik

प्रतापपुर कांग्रेसको नेतृत्वमा केशव अधिकारी

राष्ट्रिय दैनिक / नवलपरासी ,८ असाेज

नेपाली कांग्रेसको १५ औं महाधिवेशन बाट पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सभापति पदमा केशव प्रसाद अधिकारी निर्वाचित हुनु भएको छ ।

प्रतिस्पर्धी सभापति पदका उम्मेदवार संघर्ष जायसवाललाई ६२ मतको फराकिलो अन्तरले पराजित गर्दै अधिकारी निर्वाचित हुनु भएको हो ।

निर्वाचनमा अधिकारीले १ सय ३० मत प्राप्त गर्नु भयो भने उहाको प्रतिद्वदी जायसवालले ६८ मत प्राप्त गर्नु भयो।

यसैगरि उपसभापति खुल्ला तर्फका उम्मेदवार महादेव यादवले १३५, महिला उपसभापति तर्फ तिर्थ कुमारी चौधरीले १३२, सचिव पदका उम्मेदवार अशोक कुमार गिरी गोसाईले १३२, सहसचिव पदका उम्मेदवार हरेन्द्र कुमार हरिजनले १३२ र सदस्य पदका उम्मेदवार चुल्हाई हरिजनले १३२ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ।

सभापति पदमा सहमति हुन नसकेपछि २ जना गरी कुल १२ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहनु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित