Rashtriya Dainik

विनयी त्रिवेणी कांग्रेस अधिवेशन : सर्वसम्मत नेतृत्व चयनको पहल, सभापतिमा आधा दर्जन आकांक्षी

आर. पी. उपाध्याय /विनयी त्रिवेणी, ८ असोज ।

नेपाली काङ्ग्रेसको १५ औं महाअधिवेशन अन्तर्गत विनयी त्रिवेणी गाउँपालिकाको पालिका स्तरीय अधिवेशन एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ।

हालै सम्पन्न वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भए लगत्तै पालिकाको अधिवेशन उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले सर्वसम्मत रुपमा उम्मेदवारी चयन हुनुपर्ने कुरा माथि जोड दिएका थिए।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणीका सभापति अजित थापाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा महासमिति सदस्य गणेशमान श्रेष्ठले अहिले मुलुकमा काङ्ग्रेसलाई एक मतका साथ अगाडि बढाउनुका साथै काङ्ग्रेसलाई पुरानै लयमा फर्काउन सबै नेताकार्यकर्ता एक भएर उभिनुपर्ने धारणा राख्नुभयो।

प्रमुख अतिथि श्रेष्ठले नेपाली काङ्ग्रेसको कार्यकर्ताहरुले एक मतबाट पार्टी सभापति गगन कुमार थापाको महाकामना पूरा गर्न पनि संगठनलाई सर्वसम्मत ढङ्गले चयन गर्नुपर्ने जिकिर गर्नुभएको थियो।
सो अवसरमा महासमिति सदस्य चेतन पौडेलले लोकतन्त्र प्राप्तिको लागि कठोर संघर्ष गरेर हालको अवस्था आएको बताउदै १५ औं महाअधिवेशनमा जान पालिका अधिवेशन गर्नुपर्ने बैधानिक प्रावधान रहेको बताउनु भयो।
कार्यक्रममा अर्का महासमिति सदस्य टेक प्रसाद श्रेष्ठले पार्टीलाई कमजोर गर्ने तत्व केही पुराना नेताबाट हुँदै आएकोमा पार्टीका इमानदार कार्यकर्ताहरु त्यस्ता खाले तत्वलाई परास्त गर्दै “समय र संगठनको माग गगनको साथ” हुनु नै पार्टी सुदृढ र बलियो हुने जिकिर गर्नुभयो।
कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य डम्बर बहादुर जि.सी.,विष्णु देवी जि.सी., पालिका उपाध्यक्ष प्रकाश कुवर,हिम बहादुर सोमै,टीका श्रेष्ठ लगायतले सहमति,सहकार्य,एकताबाट नै पार्टी बलियो हुने धारणा राखेका थिए।
सो अवसरमा बयोवृद्ध काङ्ग्रेस नेता बुद्धिसागर उपाध्याय लगायत अन्य ४ व्यक्तिहरुलाई पनि सम्मान सहित मायाको चिने प्रदान गरिएको जानकारीमा आएको छ।
पालिका स्तरीय महाअधिवेशनमा सभापति पदका लागि ५ व्यक्तिहरुले आफ्नो नाम निर्वाचन आयोगमा बुझाएका छन। जसमा अजित थापा, दिपक कौडेल,प्रकाश कुवर,आशिष रेग्मी,मुरारी प्रसाद र बालकृष्ण भुषाल लगायत रहनुभएको मोहन कलवारले जानकारी दिनुभयो।

यो समाचार तयार पारुन्जेल सहमतिको प्रयास जारी रहेको छ भने विहीबार १२ बजेसम्म उम्मेदवारीको समय दिइएको बुझिएको छ।
सभापति पदको उम्मेदवारहरु बिच सहमति हुन नसके लोकतान्त्रिक विधिबाट उम्मेदवारी चयन हुने पनि बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित