राष्ट्रिय दैनिक /नवलपरासी ,७ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि मतदान हुने भएको छ।
पालिका सभापति पदमा पूर्व उपसभापति महेन्द्र चौधरी र सरावल–४ का दुई कार्यकाल वडा सभापति रहिसकेका जन्मेजय यादवबीच सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न लागिएको हो।
बिहीबार दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु हुने मतदान अधिकृत विश्वराज दवाडीले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति पदमा मात्रै नभई पालिका कार्यसमितिका सबै पदमा मतदान हुनेछ।
सरावल गाउँपालिकामा वडा नं. १ देखि ७ सम्मका कुल १६८ जना मतदाता रहेका छन्। यही मतदाताले पालिका सभापतिसहितको नेतृत्व चयन गर्नेछन्।
सभापति पदमा दुई नेताबीच प्रतिस्पर्धा हुने भएपछि सरावल कांग्रेसको अधिवेशनलाई चासोका साथ हेरिएको छ। लामो समय पार्टी संगठनमा सक्रिय चौधरी र वडा तहमा दुई कार्यकाल नेतृत्व गरिसकेका यादवबीचको प्रतिस्पर्धाले अधिवेशनको माहोल थप तातेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

