Rashtriya Dainik

पर्सामा १५४ ग्राम ब्राउन सुगर र अफिमजस्तो पदार्थसहित दुई जना पक्राउ

राजन कुमार वानिया / पर्सा, ७ असोज।

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर र अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–३ निवासी ४६ वर्षीय रियाज आलम र जगरनाथपुर गाउँपालिका–४, मधुपुर निवासी ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ स्थित चालीस फिटे सडकखण्डमा BR05BL 1680 नम्बरको TVS मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलमा सवार दुवै जनाको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १५४ ग्राम र अफिमजस्तो देखिने पदार्थ ११ ग्राम ५९ मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित