Rashtriya Dainik

जगरनाथपुरको फुलबारीमा हरियाली अभियान, २० बिघा क्षेत्रमा वृक्षरोपण सुरु

राजन कुमार बानिया /पर्सा, ७ असोज ।

पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरस्थित फुलबारी टोलमा सार्वजनिक तथा कृषि वन क्षेत्र संरक्षण गर्ने उद्देश्यले वृक्षरोपण अभियान सुरु गरिएको छ।

स्थानीय व्यवस्थापन समूहको पहलमा करिब २० बिघा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोप्ने अभियान अघि बढाइएको हो। अभियानअन्तर्गत आँप, अमला, अमरुद, सगुनलगायतका फलफूल तथा उपयोगी प्रजातिका बिरुवा रोपिएको जनाइएको छ।

वृक्षरोपण अभियानको उद्घाटन पर्सा क्षेत्र नं. ४ का पूर्वसांसद तथा पूर्वमन्त्री रमेश रिजालले बिरुवा रोपेर गर्नुभएको थियो। कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, गादीमाई वन व्यवस्थापन समिति अध्यक्ष सहरुम गदी, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापालगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सार्वजनिक जग्गाको संरक्षण, कृषि वनको विकास तथा वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

स्थानीय व्यवस्थापन समूहका अनुसार रोपिएका बिरुवाको नियमित संरक्षण, स्याहार तथा हुर्काउने जिम्मेवारी स्थानीय समुदाय र व्यवस्थापन समूहले संयुक्त रूपमा लिनेछन्। अभियानले सार्वजनिक जग्गाको संरक्षणसँगै वातावरणीय हरियाली विस्तार र स्थानीय स्तरमा कृषि वनको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित