Rashtriya Dainik

​नेपाली कांग्रेस प्रतापपुर गाउँपालिका सभापति पदका लागि संघर्ष जयसवाल चुनावी मैदानमा

राष्ट्रिय दैनिक / नवलपरासी ,६ असाेज

नेपाली कांग्रेसका युवा नेता संघर्ष जयसवालले प्रतापपुर गाउँपालिका सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

​गाउँपालिकाको समग्र विकास, सुशासन र संगठन सुदृढीकरणका लागि आफूले सभापति पदमा उम्मेदवारी दिएको उनले बताएका छन्। नेपाली कांग्रेसको चारतारे झण्डा र रुख चुनाव चिह्न लिएर जनतामाझ पुगिरहेका जयसवालले स्थानीय बासिन्दासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

​स्थानीयस्तरमा लोकप्रियता कमाएका जयसवालको उम्मेदवारीलाई प्रतापपुरका कांग्रेस कार्यकर्ता तथा समर्थकहरूले उत्साहका साथ हेरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित