Rashtriya Dainik

सरावल कांग्रेस सभापतिको दौडमा तीन आकांक्षी, चौधरी–यादवसँगै गुप्ताको दाबी

राष्ट्रिय दैनिक /नवलपरासी ,६ असाेज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका अधिवेशनमा सभापति पदका लागि तीन जना आकांक्षी देखिएका छन्।

पालिका सभापतिका लागि नेपाली कांग्रेस सरावलका पूर्व उपसभापति महेन्द्र चौधरी, सरावल–४ मा दुई कार्यकाल वडा सभापतिको जिम्मेवारी सम्हालिसकेका जन्मेजय यादव र नेपाली कांग्रेस क्षेत्र नम्बर–१ का कोषाध्यक्ष चन्द्र कुमार गुप्ताले आकांक्षा प्रस्तुत गरेका छन्।

तीनै जना नेताहरूले पालिका नेतृत्वका लागि दाबी अघि सारेपछि सरावल कांग्रेसको अधिवेशन थप रोचक बनेको छ। लामो समय पार्टी संगठनमा सक्रिय रहेका चौधरी, वडा तहको नेतृत्वको अनुभव बोकेका यादव र क्षेत्रीय तहमा जिम्मेवारी सम्हालिरहेका गुप्ताबीचको प्रतिस्पर्धालाई कांग्रेस कार्यकर्ताले चासोका साथ हेरेका छन्।

सरावल गाउँपालिकामा वडा नं. १ देखि ७ सम्म गरी सात वटा वडा रहेका छन्।

पालिका सभापतिसहित नयाँ नेतृत्व चयनका लागि भोलि अधिवेशन हुँदैछ। सभापति पदमा तीन आकांक्षी देखिएसँगै अन्तिम समयमा सहमतिको प्रयास हुन्छ वा निर्वाचनमार्फत नेतृत्व चयन हुन्छ भन्ने विषय अहिले सरावल कांग्रेसभित्र चासोको विषय बनेको छ।

अधिवेशनले आगामी कार्यकालका लागि सभापतिसहित पालिका कार्यसमिति चयन गर्नेछ। नेतृत्व चयनसँगै सरावल कांग्रेसको संगठन विस्तार, वडा तहको समन्वय तथा आगामी राजनीतिक गतिविधिको दिशासमेत तय हुने भएकाले अधिवेशनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

महेन्द्र, जन्मेजय र चन्द्र कुमार—तीनमध्ये कसले सरावल कांग्रेसको नेतृत्व सम्हाल्नेछन् भन्ने छिनोफानो भने भोलिको अधिवेशनले गर्नेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित