Rashtriya Dainik

तेस्रो सरावल अध्यक्षकप फुटवलकाे उपाधि सरावल ३ लाई

उमेश बि.क /नवलपरासी ,२९ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बसहिकाे खेल मैदानमा सन्चालित तेस्रो सरावल अध्यक्ष कप फुटवल प्रतियोगिताकाे उपाधि सरावल वडा नम्बर ३ ले कब्जा गरेको छ ।

शनिबारको फाइनलमा खेलमा सरावल वडा नम्बर २ लाई सुन्यकाे विरुद्ध एक गाेलले पराजित गर्दै तेस्रो सरावल अध्यक्षकप फुटवलकाे उपाधि सरावल वडा नम्बर ३ ले हात पारेको हो।

“स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मूल नाराका साथ सरावल खेलकुद संस्थाको आयोजना एवम् स्थानीय युवा तथा खेलकुद सन्जालकाे सहअायाेजनामा एवम् सरावल गाउँपालिकाकाे सहयोगमा अध्यक्षकप फुटवल प्रतियोगिता शनिबार सम्पन्न गरिएको हाे।

सरावल खेलकुद संस्थाको अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यता एवम् सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे बिशेष अातिथ्यतामा खेलकुद समापन भएको हाे ।

अध्यक्षकप फुटवल खेललाई सम्बाेधन गर्दै प्रतिनिधिसभा सदस्य कण्डेलले सरावल गाउँपालिका खेलकुदमा मात्र नभएर ,स्वास्थ्य क्षेत्र , सामाजिक क्षेत्र र विकास क्षेत्रमा जुन किसिमले फट्काे मार्दै गइरहेको छ यसले गर्दा याे गाउँपालिका अन्य पालिकाकाे तुलनामा फरक पहिचान बनाउदै गइरहेको बताउनु भएको हाे । सरावल गाउँपालिका अन्तर्गतका लाेप हुन लागेका विभिन्न धराेहरहरु तथा विभिन्न सांस्कृतिकहरु संरक्षण र जर्गेर्ना गर्दै जनप्रतिनिधिहरु अगाडि बढेकाे कार्यकाे प्रशंसा ब्यक्त गर्नु भएको हाे। यश गाउँपालिकाले खेल क्षेत्रकाे विकासमा निकै राम्रा काम गरिरहेकाेले खेलाडीहरु स्थानीय देखि राष्ट्रिय स्तरसम्म पुग्ने याे सुनाैले अवसर रहेकोले बताउनु भएको हाे ।बिगतकाे दिनमा नवलपरासी जिल्ला भलिबल खेलाडीहरु उत्पादन गर्ने जिल्ला भएकोले अब फुटबल खेलमा पनि अाफ्नाे बर्जस्व बनाउन खेलाडीहरुलाई उत्साह सहित मार्गनिर्देशन दिनुभएको हाे। खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक रहेको बताउदै खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै जनसमुदायको दुख सुखमा हातेमालो गरि यश क्षेत्रकाे बिकासमा अाफु लागि परेकाे र हमेशा लागिरहने प्रतिब्धता ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै जिल्ला समन्वय समिति संयाेजक शिव शंकर रायले सरावल गाउँपालिका खेलकुद क्षेत्रमा प्रसंसनिय कार्य गरिएको बताउदै विकासका कामहरुमा पनि उदाहरणीय कार्य गरेकोले यहाँका स्थानीय जनता तथा खेलाडीहरु प्रत्यक्ष लाभान्वित रहेकोले अबकाे दिनमा जिल्लाकै उत्कृष्ट खेलाडी उत्पादन गर्न सफलहाेस भनी खेलमा विजयी टाेलीलाई शुभकामना ब्यक्त गर्नुभएको हाे।

त्यस्तै गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले सरावल गाँउपालीकाले खेलकुदलाई पनि विकासको एउटा पाटोको रुपमा मानेर लगानी गरिरहेको बताउनुभयो । खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए गाउँपाकिलाको मात्रै नभई समग्र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएकाे थियाे । यस्ता प्रतियोगिताले पछिल्लो पटक दुर्ब्यसनिमा फसेका युवाहरुलाई पनि सहि बाटो देखाउन सघाउ पुग्ने र स्वास्थ्यमा पनि खेलकुदको सकारात्मक असर हुने भएकाले गाउँपालीकाले लगानी गरेर खेलकुद तथा खेलाडी बिकासमा
सरावल गाउँपालसकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

फुटबल समापन समारोहमा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,वडा नम्बर १ का अध्यक्ष भेष नरायण चौधरी ,२ का वडा अध्यक्ष शम्भु प्रसाद चौधरी ,वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्र नाथ राय , नेपाली काङ्ग्रेस केन्द्रीय संगठन विभाग सदस्य माेहन प्रसाद शर्मा,नेपाली काङ्ग्रेस सरावल सभापति बिनाेद पाण्डेय ,नेकपा नेता सुखाडि प्रसाद चाैधरी , वडा नम्बर ४ सचिव अशाेक पाण्डेय लगाएतले खेल स्वास्थ्यकाे लागि लाभदायक हुनुकाे साथै यसले संगठित गर्न र युवाहरूलाई विभिन्न राेग तथा लागुपदार्थबाट बचाउन ठुलाे मद्दत गरेको कुरामा जाेड दिइएका थिए।

प्रतियोगितामा प्रथम हुने टिम सरावल वडा नम्बर ३ लाई नगद रु ५१ हजार साथै १८ थान ट्रयाक सुट, सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेको हाे भने दोश्रो हुने टिम सरावल वडा नम्बर २ लाई नगद रु ३१ हजार साथै १८ थान ट्रयाक सुट, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरिएको हाे ।

त्यस्तै तृतिय हुने सरावल वडा नम्बर ३ A लाई नगद रु १० हजार १८ थान जर्सी, सिल्ड मेडल ,प्रमाणपत्र र सरावल वडा नम्बर १ लाई नगद रु १० हजार संगै १८ थान जर्सी, मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिएको सरावल खेलकुद संस्थाका सचिव दिपक क्षेत्रीले जानकारी दिनुभएको हाे।

प्रतियोगितामा गाउँपालिका भित्रकै ८ वटा फुटवल टिमको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित