कपिलवस्तु / २९ फाल्गुन ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले शनिवार बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
बुद्धभुमी नगरपालिकाको झडुलामाई मन्दिर परिसरमा भएको बनभोज कार्यक्रममा बोल्ने वक्ताहरुले समाचार लेख्दा पत्रकारीता आचारसंहिता भुल्न नहुनेमा जोड दिएका छन् । पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले नागरिकहरुले पत्रकारलाई विश्वासको स्रोत मान्ने गरेकोले त्यसलाइ कायम राख्नुपर्ने बताउनुभयो ।
नागरिकहरुको आवाज बोल्नुपर्ने सुझाव दिदै कपिलवस्तुमा पत्रकारिताको विकासले फड्को मारेको बताउनुभयो । महासंघका भौतीक संरचना देखि अन्य कार्यपनि अग्रभागमा रहेकोले नजिकिदै गरेको निर्वाचनलाई सर्वसम्मत रुपमा चयन गर्नुपर्ने बताउनुभयो । गिरीले कपिलवस्तु जिल्ला विगतमा छिमेकी जिल्लाको चपेटामा परेको भएपनि पछिल्लो समय भने विभिन्न स्थानहरुमा नेतृत्व पाएको बताउनुभयो । हालै सम्पन्न भएको सामुदायिक रेडियो प्रशारक संघ अकोरावको प्रदेश अध्यक्ष,कोषाध्यक्ष र सदस्य सहित कपिलवस्तुले पाउनु यस जिल्लाको लागि खुसिको कुरा रहेको जनाउनुभयो ।
पूर्व केन्द्रिय सदस्य निशा विश्वकर्माले पत्रकारीतालाई व्यावस्थित गराई पत्रकारहरुको हक हितको लागि एकतावद्ध हुनुपर्ने बताउनुभयो । महांसघका सदस्यहरुलाई समेटेर बनभोज कार्यक्रम गरेकोमा कार्यसमिति परिवारलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ अकोरावका प्रदेश अध्यक्ष राजु खरालले नेपाली पत्रकारीतामा सामुदायिक रेडियोहरुको भुमिका अतुलनिय रहेको बताउनुभयो । महांसघमा आबद्ध धेरै पत्रकारहरु सामुदायिक रेडियोमा कार्यरत रहेकोले पत्रकार महासंघ र अकोराव बिच सहकार्य हुन जरुरी रहेको बताउनुभयो ।
पत्रकार महासंघका पुर्व अध्यक्ष भेषराज पाण्डे, प्रदेश सदस्य नन्दराम पौडेल,जानु पाण्डेले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै पत्रकार महासंघ कपिलवस्तुले सामुदायिक रेडियो प्रशारक संघ अकोरावका प्रदेश अध्यक्ष राजु खराल,कोषाध्यक्ष माधव भाट र सदस्य शरद अधिकारीलाई सम्मान गरेको छ । बनभोजकै अवसरमा महासंघका पुर्व केन्द्रिय सदस्य निशा विक र सदस्य राजेश चौधरीको वैवाहिक वर्षगाठको अवसरमा सम्मान सहित शुभकामना प्रदान गरिएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष डिलाराम भुसालले पत्रकारहरुलाई एकताबद्ध बनाउन बनभोज कार्यक्रम आयोजना गरेको बताउनुभयो । आफुले पत्रकारहरुको हक हितको लागि आवाज उठाउँदै आएको बताउँदै अब केहि दिनमै अधिवेशन हुने भएकोले सक्षम टिमलाई नेतृत्व दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

