Rashtriya Dainik

बर्षा र हवाहुरीले गर्दा अन्य बालीमा क्षति

राजन कुमार बानिया / पर्सा २९ फागुन

शुक्रबार राती आएको अबिरलबर्षा र हवाहुरी बाट गेहु बाली र मसुरो दलहनमा धेरै नै छती पुर्याएकोले पर्साको किसानहरु मारमा परेका छन। किसानहरुले आफ्नो खेत हरुमा गेहु बाली ,दलहनको रुपमा मसुरो र तेलहन लगायत अन्य बालीहरु लगाएको थियोे । गयराती आएको अबिरल वर्षा र तुफानी हवाहुरीले एक रातमा छतिपुर्याएकोले किसान हरु मर्कामा परेका छन।किसान हरुले अाफ्नो खेत बारीमा हजारौ खर्च गरेर गेहुबाली ,दलहन,तेलहन बाली लगाएको र अब कटानको अन्तिम चरणमा रहेकोमा एक रातीमा पर्सामा करोडोको छति भएको लंगडीका किसान लालबाबु पटेलले जनाएका छन। शनिबार बिहान खेतमा जादा खेतमा लगाईएको गेहुबालीको अवस्था हेरेर गेहु सुतेको अवस्थामा देखेर हृदय रुनलागेको छ ।किसानहरुले हजारौ ,लाखौ लगानी गरेर खेति पाती गरेको थियो भगवानले एक रातीमा किसानहरुको सपना सखाप भएको छ। बितेको वर्षमा कोरोनाले मार्यो यसपाली हवाहुरीले किसानहरुलाई मार्यो । गेहुबाली खेतमा नै ढलेकोले गेहुबाली अब भगावानै भरोसा भएको हरिहरपुरका किसान मुनीलाल ठाकुरले बताए ।गेहुबाली र मसुरोरो लाई हवाहुरी बाट खेतमा नै ढालेर सुताएको मा अब खेतमै कुहिने डरत्रास रहेको किसान ठाकुरले जनाएका छन। यसता बिपतिको समयमा किसान हरुको समस्या बुझिदिने र किसान हरुलाई छतिपुर्ती को बारेमा समस्या उठाईदिन किसान हरुले अाग्रह समेत गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित