Rashtriya Dainik

सुनवलमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा लर्ड बुद्ध रेड बिजयी

उर्मिला यादव यात्री २९ फागुन

पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा लर्ड बुद्ध रेड बिजयी भएको छ । आज दिउसो भएको लर्ड बुद्ध रेड र नदुवा युथ क्लव विचको खेलमा लर्ड बुद्ध रेड २ गोल अन्तरले बिजयी भएको हो । नदुवा युथ क्लवले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । नदुवाले कुनै गोल गर्न नसकेपछि लर्ड बुद्ध रेडले २ गोल गर्दै जित हासिल गरेको छ । प्रतियोगितामा लर्ड बुद्ध रेडका शुभम गुरुंग म्यान अफ द म्याच घोषित भएका छन । यस्तै गरी भोलि आइतबार बर्म भैरव र बिग बुद्ध युवाक्लब बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित