Rashtriya Dainik

मानपकडिमा आइतबारदेखि चौथो शुद्दोधन कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

तुलसी राम पौडेल / फर्साटिकर २९ फाल्गुन

रुपन्देहीको शुद्दोधन गाउपालिका -५ मानपकडि स्थित मानपकडी युवा क्लबको आयोजनामा आइतबारदेखि चौथो शुद्दोधन कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। शुद्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीले आइतबार मानपकडिमा उक्त प्रतियोगिताको उदघाटन गनुहुनेछ ।मानपकडी युवा क्लबले शनिबार मानपकडिमा पत्रकार सम्मेलन गरि चौथो शुद्दोधन कप भलिबल प्रतियोगिता बारे जानकारी दिएको हो ।प्रतियोगिता चैत्र १ गतेदेखि शुरु भैइ चैत्र ३ गते सम्पन्न हुने क्लबका सल्लाहकार एवं खेल संयोजक मोति बहादुर थापाले बताउनु भयो ।
प्रतियोगितामा रुपन्देही ,कपिलवस्तु , नवलपरासी र गुल्मी लगायतका गरि १२ वटा टिमले भाग लिने खेल संयोजक थापाले बताउनु भयो ।प्रतियोगिता सम्पन्न गर्नको लागि विभिन्न चुनौती सामना गर्नुपर्ने भएपनी शुद्दोधन गाउपालिकाको कार्यालय ,शुद्दोधन गाउपालिका वडा नम्बर ४ र ५ को सहयोग हुने हुनाले प्रतियोगिता सम्पन्न गर्न सहज हुने क्लबका अध्यक्ष राजकुमार चौधरीले बताउनु भयो ।प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र दोस्रो हुनेले नगद ३५ हजार रुपैया ,मेडल र प्रमाणपत्र ,तेस्रो हुनेले नगद २० हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र ,सान्त्वना हुनेले नगद १० हजार रुपैयाँ , मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक थापाले बताउनु भयो ।
पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार पल्टन चौधरी , अध्यक्ष राजकुमार चौधरी , उपाध्यक्ष जिवलाल पौडेल ,सचिव चन्द्रभान चौधरी ,सहसचिव नन्दराम चौधरी , कोषाध्यक्ष पार्वती पाण्डे ,सदस्यहरु हरि शंकर चौधरी ,विरेन्द्र चौधरी ,उदयराज चौधरी ,हिरा प्रसाद चौधरी ,जयकुमार पाल ,नितु कार्की र रमेशसिह ठकुरिको उपस्थिति रहेकोे थियो ।
मानपकडी युवा क्लबका अध्यक्ष राजकुमार चौधरीको अध्यक्षता, सल्लाहकार एवं खेल संयोजक मोति कुमार थापाबाट खेलकुद सम्बन्धि जानकारी ,क्लबका सदस्य अशोक कुमार बनियाबाट स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन क्लबका सचीव चन्द्रभान चौधरीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित