मुक्ती तिवारी / २९ फागुन
बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको गङ्गा माध्यमिक बिधालयले शनिबार आफ्नो ४१ औ बार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष शोभाकर भुसालको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका प्रदेश साम्सद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्दै साम्सद अधिकारीले सरकारले शिक्षा,स्वास्थ,खानेपानी लगायत जनताका आधाभुत आवस्यकतामा विशेष लगानी र जोड गरिरहेको बताउनु भयो।उहाले बिद्यार्थीको गुणात्मक सङ्ख्यामा मात्र नभै बिधालयहरुले शैक्षिक गुणस्तरमा जोड दिनु पर्ने धारणा ब्यक्त गर्दै प्रदेश मार्फत हुने र गर्न सकिने जुनसुकै सहयोगका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो।शिक्षाबाट कोहि बन्चिन नहुन भन्ने अवधारणा अनुरुप हाल प्रदेश सरकारले त्यसतर्फ पनि परिणाममुखि काम गरेको जानकारी दिनु भयो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याय,वडा नम्बर १४ का अध्यक्ष केशब बहादुर खत्री क्षेत्री,वडा सदस्य टेकनारायण नवलपुरीया थारु,नगर शिक्षा शाखा प्रमुख ईन्द्र कुवर लगयातका बक्ताले आफ्नो मन्त्ब्य ब्यक्त गर्दै सबैले सामुदायिक बिधालयको शैक्षिक स्तरोन्नति तर्फ जोड दिनु पर्ने तर्क ब्यक्त गर्नु भयो।बिधालयका प्रधानाध्यापक रामबिलास पौडेले बिधालयको बार्षिक प्रतिबेदन पेस गर्नु भएको थियो।
सो अवसरमा विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थी हरुलाई सम्मान सहित पुरस्कार बितरण गरिएको थियो।हाल बिधालयमा ७६९ बिद्यार्थीहरु अध्यनरत रहेका छ्न।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

