फागुन २८
द स्पाइन मा.बि बनकटटीको मासिक पत्रिका द स्पाइन मेमोरेन्डम को १८ औ अंक आज प्रकाशित भएको छ । द स्पाइन न्युज क्लबले पत्रिकामा बिद्यार्थीहरुको चित्रकला , लेख रचना लगायत बिबिध बिषय प्रकाशन गर्ने उदेश्यले बिगत २ बर्षदेखि निरन्तर रुपमा पत्रिका प्रकाशन गर्दै आएको छ । पत्रिका प्रकाशन तथा निर्माणमा बिद्यार्थीहरु पुर्ण रुपमा स्वतस्फुर्त रुपमा सहभागी भैरहेको बिद्यालयका प्रिन्सिपल दिपक पौडेलले बताउनु भएको छ ।
पत्रिकामा आफनो ज्ञान र सिपलाई निरन्तर रुपमा तिखार्न र आफुहरु सहभागी हुन पाउदा एकदमै खुसी लागेको द स्पाइन न्युज क्लबका अध्यक्ष सुशील परियारले बताउनु भयो । यस्तै गरी द स्पाइन मेमोरेन्डममा सामान्य ज्ञान , चित्रकला, गाउखाने कथा , स्थानिय घटना, लेख र रचनाहरु समाबेश गर्दै आएको न्युज क्लबका सल्लाहकार तथा बिद्यालयका शिक्षक मदन सुबेदीले जानकारी दिनु भएको छ ।
यस्तै गरी कक्षा १० की छात्रा प्रतिष्ठा पाण्डेले पत्रिकामा आफनो रचना , प्रतिभा समाबेश गर्न पाउदा अझै जोस जागर थपिएको बताउनु भएको छ । यस्तै गरी हरेक बिद्यालयले बिद्यार्थीको चौतर्फी बिकासमा जोड दिन सकेमा बिद्यार्थीहरुमा झन हौसला प्रदान हुने बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

