Rashtriya Dainik

पश्चिम अमवा खानेपानी संस्थाले बाढीपीडितलाई गर्यो ५१ हजार १५१ सहयोग

तुलसी राम पौडेल
पश्चिम् अमवा,भाद्र २३ 
सियारी गाउँपालिका-७ पश्चिम अमवा स्थित पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको बाढीपीडितको राहतका लागि रु. ५१,१५१/- सहयोग गरेको छ।

संस्थाले २०८३ भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।

संस्थाको प्रेस विज्ञप्ति अनुसार जम्मा रकममध्ये संस्थाबाट रु. ४०,६८६/- र संस्थाका कर्मचारीहरुबाट रु. १०,४६५/- संकलन गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, “यस भयावह प्राकृतिक विपत्तिमा परी जीवन गुमाउनु हुने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

संस्थाले बेपत्ता तथा सम्पर्क विहीन भएका नागरिकहरुको यथाशीघ्र खोजी तथा सकुशल उद्धारको कामना गर्दै, विस्थापित एवं प्रभावित नागरिकहरुको सुरक्षित पुनर्स्थापनाको कामना पनि गरेको छ।

साथै संस्थाले उद्धार, खोज तथा राहत कार्यमा खटिनु भएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति उच्च सम्मान व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सबै पक्ष एकजुट भई सहयोग र सहकार्यका लागि हार्दिक अपिल गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित