Rashtriya Dainik

स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित दुई जना पक्राउ

बिनोद निगम / नवलपरासी , २२ भदौ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९, बेलाटारीबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ बीएच ६५५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको ठूलो परिमाणको नेपाली नगद रकम बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–६, गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्ता रहेका छन्।
उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ २१ लाख ६० हजार नगद बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले रकमसँगै मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेको छ।


भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा ठूलो रकम लुकाएर ल्याइएको पाइएपछि प्रहरीले घटनालाई शंकास्पद रूपमा लिँदै रकमको स्रोत तथा कारोबारको उद्देश्यबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित