Rashtriya Dainik

जेनजी आन्दोलनको एक वर्षः इटहरी यातायात कार्यालय अझै क्षतिग्रस्त भवनबाटै सञ्चालन

काठमाडौं ,२२ भदौ

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त इटहरीस्थित यातायात व्यवस्था कार्यालय अझै पुनर्निर्माण हुन सकेको छैन। भवन पुनर्निर्माणमा ढिलाइ हुँदा कार्यालयले क्षतिग्रस्त संरचना र अस्थायी भवनबाटै सेवा प्रवाह गर्दै आएको छ।
आन्दोलनका क्रममा लाइसेन्स र सवारी शाखाका छुट्टाछुट्टै भवनमा आगजनी हुँदा सवारी दर्ता किताब, फाइल तथा महत्त्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए। आगजनीबाट करिब ५ करोड २८ लाख रुपैयाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ।
अभिलेख नष्ट भएपछि नामसारी, सवारीको प्रतिलिपि तथा स्वामित्व हस्तान्तरणलगायतका सेवामा ढिलाइ भएको छ। अभिलेख अभावका कारण कैफियत भएका सवारीको गलत प्रतिलिपि जारी हुन सक्ने जोखिमसमेत रहेको कार्यालयले जनाएको छ।
आगजनीमा प्रदूषण परीक्षणका उपकरण र जेनेरेटरसमेत नष्ट भएका थिए। कार्यालय पुनर्निर्माणमा ढिलाइ हुँदा सेवाग्राहीले समेत सास्ती व्यहोर्नुपरेको छ।
प्रदेश सरकार मातहतका कार्यालयमध्ये यातायात व्यवस्था कार्यालय प्रदेशको सबैभन्दा बढी राजस्व योगदान गर्ने कार्यालय रहेको जनाइएको छ। आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले १ अर्ब २८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित