संजय कुशवाहा / नवलपरासी २३ भदौ
पश्चिम नवलपरास प्रहरीले भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि राखिएको सालिग्राम ढुंगा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय परासीका अनुसार सुस्ता गाउँपालिका वडा नं.३ पथरकलास्थित भित्री सडकमा नेपालबाट भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि बेवारिसे अवस्थामा राखिएको ८ सय १ थान सालिग्राम ढुंगा प्रहरीले बरामद गरेको हो ।
बरामद सालिग्रामको अनुमानित मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
सालिग्राम ढुंगा प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

