Rashtriya Dainik

भन्सार छलीको तयारीमा राखिएका ८०१ थान शालिग्राम प्रहरी नियन्त्रणमा

अनिल बनिया ( बिनोद )/ नवलपरासी – २३ भदौ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ पत्थरकलास्थित भित्री सडकबाट प्रहरीले भन्सार छली भारततर्फ लैजान राखिएका ८०१ थान सालिग्राम ढुंगा बरामद गरेको छ।

भदौ २२ गते सोमबार प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले सडक किनारमा बेवारिसे अवस्थामा राखिएका सालिग्राम ढुंगा फेला पारेको हो। बरामद सालिग्राम ढुंगाको अनुमानित मूल्य रु. ३ लाख २० हजार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती सालिग्राम ढुंगा नेपालबाट भारततर्फ अवैध रूपमा भन्सार छली लैजाने उद्देश्यले राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बेवारिसे अवस्थामा फेला परेकाले ढुंगा राख्ने व्यक्तिको पहिचान भने हुन सकेको छैन।

बरामद सालिग्राम ढुंगा आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन थापाले गस्तीका क्रममा ८०१ थान सालिग्राम ढुंगा बरामद भएको जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित