तुलसी राम पौडेल / फर्साटिकर २८ फाल्गुन
रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा न.३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको १८ औ क्याम्पस सभा तथा छैठौं अधिवेशन विहिवार सम्पन्न भयो । नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा प्रतिनिधि सभा सदस्य बालकृष्ण खाडले कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले बिश्वविद्दालयका नया नया विसयहरु यज्ञोदय क्याम्पसमा लागु हुनुपर्ने बताउनु भयो ।यज्ञोदयका विद्यार्थीहरुले अध्यन गर्नुपर्ने विषय समाज एव रास्टको हितको लागि उपयोग हुने खालको हुनुपर्ने बताउनु भयो ।यज्ञोदयको क्याम्पसको समग्र बिकासको लागि बनेका योजनाहरुलाई पुरा गर्न सम्पुर्ण तवरले आफू लाग्ने बताउनु भयो ।बुद्धको जन्मस्थल लुम्बिनी ,अन्तर्राष्ट्रिय विमानस्थल लगायत विभिन्न तवरले प्रदेश राजधानीको सम्भावना भएको रुपन्देहीलाई राजधानी नबनाई अन्यत्र सार्नु उपयुक्त नभएको बताउनु भयो ।लुम्बिनी प्रदेश प्रदेश सदस्य तुलसी प्रसाद चौधरीले यज्ञोदय क्याम्पसको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेकोे बताउनु भयो ।

यज्ञोदय क्याम्पस शुद्दोधन गाउँपालिकाको मात्र नभएर सियारी ,मायादेवी र गैडहवा लगायत गाउपालिकाको साथ बुटवल उपमहानगरपालिका समेतको क्षेत्र छुने शैक्षिक हबको रूपमा स्थापित भएको बताउनु भयो ।
लुम्बिनी प्रदेश सदस्य पुस्पा चौधरीले सरकारले शिक्षा सम्बन्धि स्पष्ट कार्यबिधी नबनाउदा शिक्षामा समस्या आएको बताउनु भयो।
शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले हामिलाई सिह दरबारको अधिकार स्थानिय निकायमा दिएको भनिएपनी हामिलाई हात खुट्टा बाधेर पठाएको महसुस भएको बताउनु भयो ।हामिले गाउपालिकामा गरेको शिक्षा तर्फको लगानिलाइ महालेखाले बेरुजी निकाल्दा अप्ठ्यारोमा परेको बताउनु भयो। स्थानीय निकायमा अधिकार फुकुवा नगेसम्म ढुक्क सग काम गर्न नसकेको अध्यक्ष चौधरीले बताउनु भयो ।गाउपालिकामा भन्दा गाविस अध्यक्षको धेरै अधिकार थियो ,काम गर्न सजिलो थियोे अध्यक्ष चौधरीको भनाइ थियोे ।साथै यज्ञोदय क्याम्पसलाई विभिन्न समस्याबाट मुक्त गराउन क्याम्पसलाई Q A मा लैजानको लागि
हामी सबैको सक्रिय रूपमा प्रयास हुनुपर्ने बताउनु भयो।
कार्यक्रममा प्रदेश सासद पुष्पा चौधरी ,शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरी ,नेपाल प्राध्यापक संघ केन्द्रिय अध्यक्ष डा.बुद्द बहादुर थापा ,क्याम्पस संचालक समितिका सस्थापक अध्यक्ष सोमनाथ शर्मा ,यज्ञोदय क्याम्पस प्राध्यापक संघ इकाई समितिका अध्यक्ष लक्ष्मी आचार्य ,फर्साटिकर माविका अध्यक्ष नर बहादुर घर्ती , स्ववियु सभापति शम्भु थारु लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।
यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष मणिप्रसाद खनालबाट अध्यक्ष प्रतिवेदन प्रस्तुत ,क्याम्पस प्रमुख टंक प्रसाद पौडेलबाट वार्षिक प्रतिवेदन प्रस्तुत , कोषाध्यक्ष ओम प्रकाश ठाकुरबाट आर्थिक प्रतिवेदन प्रस्तुत , उपाध्यक्ष शेर बहादुर काफ्लेबाट स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्राध्यापक भेषराज ढकालले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

