Rashtriya Dainik

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा रानीनगरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली

आरपि उपाध्याय / नवलपरासी ,२२ भदौ

रसुवा जिल्लाको भोटेकोसीमा आएको भीषण बाढीको प्रकोपले ठूलो सङ्ख्यामा ज्यान गुमाउनेहरुको सम्मानमा सोमबार एक श्रद्धाञ्जली समारोह गरिएको छ।
विनयी त्रिवेणी वडा न. ७ नागरिक समाजको आयोजनामा ज्यान गुमाउनेहरुको सम्मानमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
नागरिक समाजको अगुवा निरन्जन थापा (सुनिल) को अध्यक्षतामा आयोजित श्रद्धाञ्जली समारोहमा नागरिक समाजका नवराज पल्ली मगरले श्रद्धाञ्जली समारोह बारे आफ्नो धारणा राख्दै प्रकृतिको प्रकोपबाट ठूलो धनजनको क्षतिले पुरै देश शोक मग्न हुन पुगेको बताउनु भयो।


कार्यक्रममा विनयी त्रिवेणी ७ रानीनगर बजार र आसपासका टोलहरुबाट बुद्धिजिवी, समाजसेवी,शिक्षक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
बाढी पीडित परिवारको लागि राहत स्वरुप विनयी त्रिवेणी वडा न.७ बाट स्वतस्फूर्त रुपमा चन्दा संकलन गरी प्रधानमन्त्री राहत कोषमा ७७ हजार ५ सय ३४ रुपैयाँ रकम पठाइएको जानकारी गराइएको थियो।


विनयी त्रिवेणी ७ रानीनगर बजारको मुख्य चोकमा आयोजना गरिएको श्रद्धाञ्जली समारोहमा मैनबत्ती बाली श्रद्धा सुमन अर्पण गरिएको आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित