रामेछाप ,२२ भदौ
रामेछापको सुनापती गाउँपालिकामा ७५ वर्षीय वृद्धको घरबाट वृद्धभत्ताको रकम चोरी गरेको आरोपमा प्रहरीले बाबुछोरालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ १८ गते बिहान करिब ६ बजे सुनापती गाउँपालिका–२ दिमीपोखरीका ७५ वर्षीय इमान सिंह तामाङको घरको ढोका फोडेर वृद्धभत्ताबापत राखिएको ७८ हजार रुपैयाँ चोरी भएको थियो।
घटनापछि प्रहरीले विभिन्न विधि तथा प्रविधिको प्रयोग गरी अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा चोरी भएको रकमसहित सुनापती–२ नयाँपानी ट्याँकी टोलका ३४ वर्षीय आकाश लामा र उनका १९ वर्षीय छोरा सन्दीप तामाङ पक्राउ परेका हुन्।
पक्राउ परेका उनीहरूलाई चोरी मुद्दामा थप अनुसन्धानका लागि रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

