Rashtriya Dainik

रामग्राममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

संजय कुशवाहा / नवलपरासी २१ भदौ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.५ घण्टाघर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शनिबार राति करिब ९ः३४ बजे बाइपासबाट बुद्धचोकतर्फ आउँदै गरेको लु ३३ प ५४७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका वड नं.४ निवासी ३५ वर्षीय अशोक हरिजन र मोटरसाइकलको पछाडि सवार पाल्हिनन्दन गाउँपालिका वडा नं.३ बेलासपुरका ३५ वर्षीय रमेश हरिजन घाइते भएका थिए ।
घाइते दुवै जनालाई जिल्ला अस्पताल परासीमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको थियो ।

बुटवल अस्पतालमा राति पुगेका अशोक हरिजनलाई चिकित्सकले राति ११ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। उनको शव लुम्बिनी सिटी अस्पतालमै रहेको र पोस्टमार्टम हुन बाँकी रहेको छ ।
अर्को दुर्घटनामा गम्भीर घाइते रमेश हरिजनलाई लुम्बिनी सिटी अस्पतालको आईसीयू भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित