Rashtriya Dainik

बेलाटारीमा २१ लाख ६० हजार स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

राष्ट्रिय दैनिक / नव​परासी ,२२ भाद्र

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.९ बेलाटारीस्थित क्षेत्रबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
​लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय नवलपरासी र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
​पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका वडा नं.६ गुठीप्रसौनी बस्ने २५ वर्षीय अंकित गुप्ता र सोही स्थानका २० वर्षीय अभिनन्दन गुप्ता रहेका छन् ।

​युपी ५६ बियच ६५६५ नम्बरको मोटरसाइकलमा सवार भई आएका उनीहरूलाई रोकेर जाँच गर्दा मोटरसाइकल भित्र लुकाएर ल्याइएको सो परिमाणको रकम बरामद भएको हो ।

​प्रहरीले नगद, मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलाटारीमा राखी थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित