धादिङ ,२१ भदौ
धादिङको गजुरी गाउँपालिका–२ छहरामा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
प्रहरीका अनुसार सडकमा खसेको पहिरो हटाउने काम भइरहेको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी छ।
यसैबीच, भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त गजुरी–२ स्थित परेवाभिरमा सडक मर्मतका लागि आइतबार १२ घण्टा यातायात बन्द गरिने भएको छ। हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको सडक आवश्यक मर्मत तथा सुधारका लागि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बन्द रहनेछ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार उक्त अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सवारीसाधनलाई परेवाभिर हुँदै आवतजावत गर्न दिइने छैन।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार क्षतिग्रस्त सडकलाई मर्मत गरी सुरक्षित रूपमा यातायात सञ्चालनमा ल्याउन यातायात बन्द गर्न लागिएको हो।
प्रशासनले यात्रु तथा सवारी चालकलाई सडक बन्द हुने समयलाई ध्यानमा राख्दै यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

