आरपी उपध्याय / नवलपरासी
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा विशेषज्ञ डाक्टरहरुद्वारा एक दिने वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
त्रिवेणी स्वास्थ्य चौकीको आयोजना र जर्मनी लोटरी क्लबको आर्थिक सहयोग, सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।
एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा स्त्री तथा महिला रोग सेवा,बालरोग सेवा, औषधी वितरण सेवा,ल्याब परिक्षण र दन्त तथा मुख स्वास्थ्य सम्बन्धि सेवा पुर्याइएको त्रिवेणी सुस्ता स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले जानकारी दिनुभएको छ।
स्वास्थ्य शिविरमा आम्दा अस्पतालका विशेषज्ञ डाक्टर राजेन्द्र बस्यालको नेतृत्वमा एक दर्जनको सङ्ख्यामा डाक्टर तथा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परिक्षण र ल्याब सेवा सहितको उपचार गर्नुभएको आयोजकले बताएको छ।
नि:शुक्क स्वास्थ्य शिविरमा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले ग्रामीण भेगमा रहेका स्वास्थ्य चौकीहरुमा विशेषज्ञ डाक्टरहरुद्वारा सेवा पाउनु भनेको ठूलो सौभाग्यको अवसर रहेको बताउदै आफ्नो स्वास्थ्य प्रती आफू स्वयं सचेत रही स्वास्थ्य समस्या भएमा तत्काल स्वास्थ्यकर्मी संग सम्पर्क गर्नुपर्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा लोटरी क्लबका प्रतिनिधि बाबुराम गिरीले कार्यक्रमको लक्ष्य, उद्देश्य माथी प्रकाश पार्दै त्रिवेणी स्वास्थ्य चौकीमा आइ स्वास्थ्य गतिविधिमा सहभागी हुन पाँउदा आफू र आफ्नो संस्था गौरान्वित भएको बताउनु भयो।
स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामी गरी कुल ३१५ महिला,बालबालिका र पुरुषहरुको स्वास्थ्य परिक्षण गरी नि:शुल्क औषधी वितरण गरिएको बताइएको छ। 
कार्यक्रममा आम्दा अस्पताल बुटवलका सिनियर डाक्टर राजेन्द्र बस्यालले हाम्रा समाचार प्रमुख आर.पि. उपाध्याय संग संक्षिप्त कुराकानी गर्दै २० वर्ष पहिले त्रिवेणी र परासीमा स्वास्थ्य सेवा गरेको स्मरण गर्दै खानपिन,आहार,बिहारलाई ख्याल गर्नुपर्ने सुझाव दिदै रोग लाग्न नदिनु पहिलो जिम्मेवारी रहेको र रोग लागिसकेपछि विज्ञ डाक्टर संग उपचार गर्न सल्लाह दिनुभयो।
एक दिने स्वास्थ्य शिविरमा उत्कृष्ट सहयोग गर्ने त्रिवेणी सुस्ता स्वास्थ्य चौकीका कर्मचारीहरुलाई प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

