राजन कुमार बानिया
पर्सा १९ भादौ
जगन्नाथपुर गाउँपालिका–४ मा घर भएका एक पीडित परिवारलाई श्राद्ध कार्यका लागि खाद्यान्न सामग्री सहयोग गरिएको ब्रिजेश प्रसाद चौधरीले जानकारी दिनु भएको छ।
पीडित परिवारको अवस्था र श्राद्ध कार्यलाई मध्यनजर गर्दै सहयोगी व्यक्तिको तर्फबाट २ बोरा चामल र २ बोरा चिउरा गरी कुल ४ बोरा खाद्यान्न सामग्री सहयोग गरिएको चौधरीले बताएका हुन।
सहयोग हस्तान्तरण गर्दै चौधरीले भने सहयोगीले दुःखको यस घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरिएको बताए। साथै, मृत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माले स्वर्गमा बास होस् भन्ने कामना समेत गरेका छन।
पीडित परिवार तथा विपन्न समुदायलाई आगामी दिनमा पनि आफ्नो तर्फबाट निरन्तर साथ, समर्थन र सहयोग गर्दै जाने प्रतिबद्धता चौधरीले व्यक्त गरिएका हून ।
मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै गरिएको यस सहयोगले दुःखमा रहेका परिवारलाई केही राहत पुग्ने अपेक्षाले सो राहत गरिएको चौधरीले बताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

