Rashtriya Dainik

बाबु बेपत्ता, भविष्यको चिन्ता; छोराछोरीको शिक्षाको जिम्मा लिए वीरेन्द्र यादवले

राष्ट्रिय दैनिक / नवलपरासी ,२० भदौ

रसुवामा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोल निवासी माधव चौधरीका छोराछोरीको विद्यालय तहसम्मको शिक्षामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरिएको छ।
सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले चौधरीका छोराछोरीको विद्यालयस्तरको शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने घोषणा गर्नुभएको हो।

बाढीपछि माधव चौधरी बेपत्ता भएपछि उहाँको परिवार आर्थिक तथा मानसिक संकटमा परेको अवस्थामा यादवको यो घोषणाले पीडित परिवारलाई ठूलो राहत र भरोसा दिएको छ।

मानवीय संवेदनाको उदाहरण प्रस्तुत गर्दै यादवले माधव चौधरीका छोराछोरीको शिक्षामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले विद्यालय तहसम्मको सम्पूर्ण शैक्षिक खर्च आफूले जिम्मा लिने बताउनुभएको हो।

बाढीका कारण अभिभावक गुमाउने अवस्थामा पुगेका बालबालिकाको भविष्यप्रति देखाइएको यो सहयोगलाई स्थानीयस्तरमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको प्रशंसनीय कदमका रूपमा लिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित