Rashtriya Dainik

बाबु बेपत्ता, भविष्यको चिन्ता; छोराछोरीको शिक्षाको जिम्मा लिए वीरेन्द्र यादवले

राष्ट्रिय दैनिक / नवलपरासी ,२० भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोल निवासी माधव चौधरी रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता छन्। चौधरी बेपत्ता भएपछि परिवारमा परेको संकटबीच उहाँका छोराछोरीको शिक्षाका लागि सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले महत्वपूर्ण सहयोगको घोषणा गर्नुभएको छ।

यादवले माधव चौधरीका छोराछोरीलाई विद्यालय तहको शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने घोषणा गर्नुभएको हो। परिवार आर्थिक समस्यामा परेको अवस्थामा बालबालिकाको पढाइ निरन्तरता पाओस् भन्ने उद्देश्यले यादवले यस्तो जिम्मेवारी लिनुभएको बताइएको छ।

यादवले यसअघि पनि चौधरीको परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण गरी सहयोग गर्नुभएको थियो। विपद्को पीडामा रहेको परिवारलाई तत्कालीन राहतसँगै बालबालिकाको भविष्यका लागि दीर्घकालीन सहयोगसमेत अघि बढाएपछि उहाँको सहयोगको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ।

रसुवा बाढीमा माधव चौधरी बेपत्ता भएपछि उहाँको परिवार अहिले गहिरो पीडामा छ। यस्तो अवस्थामा खाद्यान्न सहयोगदेखि बालबालिकाको शिक्षासम्मको जिम्मेवारी लिनुले पीडित परिवारलाई आर्थिक राहतसँगै ठूलो हौसला र भरोसा दिएको छ।

यादवको यो कदम विपद्मा पीडित परिवारप्रतिको मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित