आरपी उपध्याय / नवलपरासी
नारायणी नदीमा आएको बाढीले नदी नियन्त्रण बाध भत्काइ सुस्ताको थारु टोलमा पानी पसेपछि विस्थापित परिवारलाई एक कार्यक्रमका बिच अत्यावश्यक राहत सामाग्री वितरण गरिएको छ।
बाढी प्रभावित सुस्ता थारु टोलका नेपालीहरुलाई दैनिक उपभोगका खाद्यान्न सामग्री तथ सुपानेट झुल वितरण गरिएको असल छिमेकी नेपाल नवलपरासीका कार्यक्रम अधिकृत पुरन सोती मगरले जानकारी दिनुभयो।
बाढी प्रभावित ७० घरपरिवारलाई सुस्ता ५ को ठाडी घाटमा आपतकालीन राहत सामाग्री वितरण गरिएको हो। 
पहिलो चरणमा बाढी पीडित छनौटमा परेका पीडितहरुलाई राहत सामाग्री वितरण गरिएको थियो भने थप बाढी प्रभावित भएको विवरण प्राप्त भएमा राहत सामाग्रीलाई परिवारगत रुपमा वितरण गरिने पनि जानकारी गराइएको थियो।
नारायणी पारीको सुस्ता भूमिमै राहत सामाग्री वितरण गर्ने योजना भएपनि ठूलो परिमाणमा राहत सामाग्री भएकोले झोलुङ्गे पुलबाट ढुवानीको समस्या हुने भएकोले सुस्ताका बाढी पीडितहरुलाई ठाडी घाटमै बोलाइ राहत सामाग्री वितरण गरिएको बताइएको छ।
विपद व्यवस्थापन समिति सुस्ताका संयोजक कमल हरिजनको अध्यक्षतामा आयोजित कार्यक्रममा सुस्ता गाउँपालिका वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ अहिरले असल छिमेकी नेपालले सुस्ताका बाढी पीडितको पहिचान गरी अत्यावश्यक राहत सामाग्री पीडित परिवारलाई वितरण गरिएकोमा पीडितहरुले आशिक रुपमा भएपनि राहत महसुस भएको बताउनु भयो।
कार्यक्रममा जर्लैया युवा क्लबका सचिव धिरज गुरुङ,सुस्ता ५ का बाबू खान लगायतले राहत सामाग्री वितरणबाट बाढी पीडित नेपालीलाई छिमेकी नेपाल संस्थाले सामाजिक जिम्मेवारी पूरा गरेको धारणा राखेका थिए।
यसै क्रममा कार्यक्रमको समाप्ति पछि हाम्रा समाचार प्रमुख आर.पि. उपाध्यायले असल छिमेकी नेपालका कार्यक्रम अधिकृत पुरन सोती मगर संगको संक्षिप्त प्रतिक्रियामा उहाँले सुस्ताको नाम सुनेको थिए अहिले नदीको बाढीबाट सुस्ताका ७० नेपालीलाई विस्थापित भएपछि अब सुस्ताको लागि केही गर्नुपर्छ भन्ने भावना उत्पन्न भए अनुरुप राहत सामाग्री वितरण गर्ने मौका पाएको प्रतिकृया दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

