राष्ट्रिय दैनिक / नवलपरासी ,१८ भदौ
पश्चिम नवलपरासीको रामग्राम–९ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका साना–साना विद्यार्थीहरूले रसुवामा आएको बाढीबाट प्रभावित पीडितहरूको सहयोगका लागि आफ्नो खर्च कटाएर रकम संकलन गरेका छन्।
आफैं आर्थिक रूपमा विपन्न अवस्थामा रहे पनि अरूको दुःखमा साथ दिनुपर्छ भन्ने भावनाका साथ विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग संकलन गरेका हुन्। उनीहरूले संकलन गरेको ३ हजार १७५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।
आफ्नो आवश्यकता र अभावभन्दा माथि उठेर विपद्मा परेकाहरूलाई सहयोग गर्ने विद्यार्थीहरूको यो प्रयासले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
विद्यार्थीहरूको यो मानवीय कार्यको जानकारी शिक्षिका तारा बरालले दिनुभएको हो। सानो उमेर, सानो सहयोग तर ठूलो मानवता—राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूको यो पहलले अरूलाई पनि विपद्का बेला सहयोगका लागि प्रेरणा दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

