Rashtriya Dainik

शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा बाढीपीडितका लागि १ लाख ५ हजार सहयोग

संजय कुशवाहा / नवलपरासी

रसुवाको भोटेकोसी क्षेत्रमा हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका वड नं.७ गुठी सुर्यपुरामा रहेको शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो ।

सहकारी संस्थाले बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिक तथा परिवारले भोगिरहेको पीडा र क्षतिलाई मध्यनजर गर्दै राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको छ ।

संस्थाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई पत्र पठाउँदै प्रधानमन्त्री राहत कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग रकम जम्मा गरिएको सहकारीका व्यवस्थापक दिनेश कुमार कुर्मीले जानकारी दिएका छन ।
पत्रमा उक्त सहयोग रकम रसुवागढी बाढीपीडित तथा अन्य विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सदुपयोग हुने विश्वास व्यक्त गरिएको छ ।

सहकारीले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वअन्तर्गतको आफ्नो दायित्व भएको सहकारीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित