Rashtriya Dainik

रसुवा बाढीपीडितको उपचारमा सहयोग गर्न त्रिवेणीमा रक्तदान, २६ जनाले दिए रगत

आरपी उपध्याय/ नवलपरासी

नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाको आयोजनामा बृहत् रक्तदान कार्यक्रम त्रिवेणी सुस्ता स्वास्थ्य केन्द्रमा गरिएको छ।
रसुवा भोटेकोसीमा आएको बाढीले ठूलो सङ्ख्यामा नागरिकको मृत्यु र अत्यधिक रुपमा घाइतेको सङ्ख्या बढेपछि घाइतेलाई रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाले रक्तदान कार्य गरेको उपशाखा सभापति सन्तोष कुमार रौनियारले जानकारी दिनुभएको छ।
त्रिवेणी सुस्ता स्वास्थ्य चौकीको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका प्राविधिक जनशक्तिले रक्तदाताहरुको स्वास्थ्य परिक्षण गरि रक्त संकलन कार्य गरेका थिए।
रक्तदान कार्यक्रममा मुक्तिनाथ वेद विद्या आश्रम गजेन्द्र मोक्ष धामका विद्यार्थीहरु र विनयी त्रिवेणी वडा न.६ र ७ का गरी कुल २६ सङ्ख्याका रक्तदाताहरुले रक्तदान गर्नुभएको आयोजकले बताएको छ।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण प्रपन्नाचार्यले विभिन्न दानहरु मध्ये रक्तदान उत्तम दान भएकोले यो दान मानवीय सेवा संग जोडिएको हुँदा यो पवित्र कार्यमा रक्तदान गरी सहयोग पुर्याउनेहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,७ का वडा अध्यक्ष उमेश कार्की,त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषाल,त्रिवेणी स्वास्थ्य शाखा प्रमुख रघुनाथ भट्टराई र नेपाल रेडक्रस सोसाइटी त्रिवेणी उपशाखाका पदाधिकारी स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको कार्यक्रममा उपस्थिति रहेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित