Rashtriya Dainik

ट्रकको ठक्करबाट चार बर्षिय बालिकाको मृत्यु

राज कुमार चमार / फागुन २७ कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका असुरैनाको झारुवा चोकमा भैरहवा देखि तौलिहवा जाने क्रममा ट्रकले ठक्कर दिँदा एक ४ बर्षिय बालिका गम्भिर घाइते भएकी हुन ।

असुरैना बस्ने अनुरुध कोहाँरको छोरी शिवानी कोहाँरलाई यु.पी.४१टि ८३९२ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन । घाइते बालिकालाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवामा पठाइयो ।
अस्पतालमा उपचारको क्रममा साझ करिब ५ बजे बालिका मृत्यु भएको डाक्टरले घोषणा गरेको थियो ।
ट्रक र ट्रेक चालक प्रहरीको नियन्त्रणमा रहेको लबनी प्रहरी चौकी इन्चार्जले बताउनु भएको छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित