Rashtriya Dainik

द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा किर्तिपुर युथ क्लव बिजयी

उर्मिला यादव यात्री फागुन २७
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा किर्तिपुर युथ क्लव बिजयी भएको छ । आज दिउसो भएको केडि गाईज र किर्तिपुर युथ क्लव विचको खेलमा केडी गाइजले २ गोल गरेको थियो भने किर्तिपुरले ३ गोल गरी २ का बिरुद्ध तीन गोल अन्तरले किर्तिपुर बिजयी भएको हो ।

यस्तै गरी भोलि शुक्रबार सनराइज र आकुसक्युड किर्तिपुर १ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । द लर्ड बुद्ध युवा क्लव सुनवल ५ बनकट्टिको आयोजनामा संचालित प्रतियोगिताको बुधबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित