Rashtriya Dainik

गेरमामा दंगल प्रतियोगिता सुरु ; अध्यक्ष गुप्ताद्वारा उद्दघाटन

रंजीत शर्मा / नवलपरासी/ २७ फाल्गुन ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न० ५ गेरमामा महाशिवरात्री पर्वको पावन अवसरमा विराट दंगल प्रतियोगिता सुरु भएको छ ।

प्रचनी एतिहासिक शिव पार्वती राम जानकी र हनुमान मन्दिरलाई पर्टकिय स्थल र व्यवस्थापन गर्ने उद्देश्यले महाशिवरात्रीको अवसरमा लाग्ने मेलामा विराट दंगल( कुस्ती) प्रतियोगिताको उदघाटन प्रतियोगिताका अध्यक्ष रविकुमार खत्री को अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजू प्रसाद गुप्ता (दिपक) को प्रमूख आतिथिकतामा सम्पन भएको छ ।

प्रतियोगिता तथा मेला आज देखि शुरु भई भोलि समापनहुने आयोजकले जनाएको छ । प्रतियोगितामा आज भारतको गोरखपुरका पन्ने लाल, अनिल साहनी ,पंजाबको जावेद गन्नी ,झासिकी महिला पहलवान अनामिका तथा नेपाल प्रसिद राजु थापा लगायत नेपाल र भारतका ३० भन्दा बढी पहलवान सहभागिता रहेको थियो ।

प्रतियगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमश १ लाख , ५० हजार र २५ हजार पुरस्कार स्वरुप प्रदान गरिने छ।

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतम, लेखापाल सञ्जय शर्मा , पत्रकार रञ्जीत शर्मा, ज्ञानेश्वर साहनी लगायत स्थानीय युवा व्यवसायी समाजसेवीको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित