राजन कुमार बानिया
पर्सा १५ भदाैं
रसुवा भाटेकाेशीकाे बाढीमा परेर बेपत्ता भएका पर्साकाे पोखरिया नगरपालिका वडा न.७ रानिगन्जका सोनालाल पण्डित ६ दिन बितिसक्दा पनि फेला नपरेपछि परिवारजनले उनकाे कुश बनाएर हिन्दु धार्मिक तथा सामाजिक परम्पराअनुसार दाहसंस्कार गरेका छन्।
रसुवामा आएको बाढी–पहिरोका क्रममा बेपत्ता भएका पण्डितको लामो समयसम्म खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारले बाध्य भएर साेमबार कुशकाे प्रतीकात्मक आकृति बनाएर अन्तिम दाह संस्कार गरेका हुन्।
आफन्त तथा स्थानीयवासीको उपस्थितिमा गरिएको दाहसंस्कारका क्रममा परिवारजन भावुक बनेका थिए। बेपत्ता पण्डितको अवस्था अझै अज्ञात रहेकाले परिवार तथा स्थानीयवासीले खोजी कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
त्यसपछि भान्जा घुँडासम्म आएको पानीमा हिँड्दै ज्यान जोगाएर बाहिर निस्किएका थिए। उनी बाहिरिएलगत्तै दुई तले भवनसमेत बाढीमा डुबेको बताइएको छ। त्यसयता सोना लाल पण्डितको अवस्था अज्ञात छ। उनको शवसमेत अहिलेसम्म फेला पर्न सकेको छैन।
पण्डित एक खुट्टाबाट अपांगता भएका व्यक्ति हुन्। उनका पाँच छोरी छन्। छोरीको विवाहका लागि आवश्यक खर्च जुटाउन उनी त्रिशूली क्षेत्रमा सेन्ट्रीको काम गर्दै आएका थिए
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

