काठमाडौं । सामरी इन्टरनेशनलद्वारा आयोजित जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ को भव्य ग्रान्ड फिनाले काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी २३ जना प्रतिभाशाली बालबालिकाले आफ्नो आत्मविश्वास, प्रतिभा, सिर्जनशीलता तथा आकर्षक स्टेज प्रस्तुतिमार्फत दर्शक र निर्णायकहरूको मन जितेका थिए।
प्रतियोगिताको मुख्य उपाधि आयना राईले जितिन्। एन्जेलिना राई प्रथम रनरअप, अनन्या पुरी द्वितीय रनरअप, अनमोल परियार तृतीय रनरअप, युबिया महर्जन चौथो रनरअप तथा बिद्या खत्री पाँचौँ रनरअप घोषित भए।
विशेष उपाधितर्फ एन्जेलिना राईले पब्लिक च्वाइस विनर, अंशु भण्डारीले भ्यूअर्स च्वाइस विनर तथा जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइस विनरको उपाधि जितेका छन्।
श्रदेय गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता सामरी इन्टरनेशनल इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत भरत सामरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पहिलो सेफ गोविन्द नरसिंह के सि, विशिष्ट गायक तथा रेडियो नेपालका पुर्व निर्देशक सिताराम पोखरेलको विशेष आतिथ्य रहेको थियो भने विभिन्न क्षेत्रका व्यक्तित्वहरु तथा मिडियाको बाक्लो उपस्थिति रहेको थियो । जुनियर सुपर मोडेलको निर्णायक मण्डलमा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, नीलम पौडेल र विजय शाहीको उपस्थिति रहेको थियो।
प्रतियोगितामा सहभागी २३ जना प्रतियोगीलाई उनीहरूको व्यक्तित्व, प्रतिभा र प्रस्तुतिका आधारमा विभिन्न विशेष उपाधि पनि प्रदान गरिएको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परिचय राउन्ड, डिजाइनर वेयर, प्रश्नोत्तर, प्रतिभा प्रदर्शन तथा विजेता घोषणा मुख्य आकर्षणका रूपमा रहेका थिए।
यसै अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थालाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो।
नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याउँदै आएकी विशिष्ठ तथा चर्चित गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।
त्यस्तै कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, नीलम पौडेल, विजय शाही, अर्जुन कार्की, अनमोल भगत, अर्शु महर्जन, रोजिन शाक्य, राज कार्की, शेखर वाग्ले, आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट तथा फेसन डिजाइनर दिलमाया मगरलाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो।
कार्यक्रमले बालबालिका तथा युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजक समारी इभेन्टसका प्रमुख भरत सामरीले जानकारी गराउनुभयो ।
“जहाँ आत्मविश्वासले प्रतिभालाई भेट्छ, र सपनाले मञ्च पाउँछ” भन्ने मूल भावनासहित सम्पन्न प्रतियोगिताले प्रतिभा, फेसन, सिर्जनशीलता र आत्मविश्वासको सुन्दर उत्सव प्रस्तुत गरेको थियो।
सम्पूर्ण विजेता, उपाधि विजेता, प्रतियोगी, सम्मानित व्यक्तित्व, निर्णायक मण्डल, अभिभावक, सञ्चारकर्मी, सहयोगी तथा शुभेच्छुकहरूलाई आयोजकले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

