Rashtriya Dainik

महाशिवरात्रीको अवसरमा मिर्जापुरमा भेडाको कुस्ती प्रतियोगिता राजन कुमार बानिया

पर्सा २७ फागुन
महाशिवरात्रीको अवसरमा अाज पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ मिर्जापुरमा भेडाको कुस्ती प्रतियोगिता समपन भएको छ। मिर्जापुरमा रहेको शिवमंदिरमा महाशिवरात्री मेलाको अवसरमा प्रतेक वर्ष भेडा कुस्ती प्रतियोगीता हुनेगरेकोले यश वर्ष पनी भेडा हरुको कुस्ती प्रतियोगीताको उदघाटन कार्यक्रम ईगरासन साह कलवारले गरेका थिए। भेडाको कुस्ती नेपाल भारतका भेडा हरु लयाएको उपस्थिति रहेको थियोे । भेडा कुस्ती प्नेरतियोगितामा नेपालका बिश्रामपुर,मिर्जापुर झलमहिया,भलुवहिया,र भारतको धनकुटवा,बेतिया,मझवलिया, लगायत स्थान बाट ५० वटा भेडा हरु सामिल भएको थियोे । भेडा कुस्ती प्रतियोगितामा जितने भेडा साहु हरुलाई ५ हजार देखि १० हजार सम्म पुरस्कार स्वरुप दिएको थियोे ।भेडा कुस्ती प्रतियोगितामा वार्डअधयक्ष राजबली यादवले पुरस्कार बितरण गरेको थियोे ।भेडा कुस्ती प्रतियोगितामा रामपुकार यादव, हरेन्द्र पासवन, हमानचल कुशवाहा, हिरालाल यादव,जितेन्द्र यादव, अकलेश यादव, सुरेन्द्र यादव, भुटी यादव, सशस्त्र प्रहरी
निरिक्षक कृष्णा अधिकारी,लगायत
नेपाल भारतका दर्शक हरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित